विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलद्वारा २४ सदस्यीय टोलीको घोषणा

०१ जेठ, एजेन्सी । कतार फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटको लागि ब्राजिलले २४ सदस्यीय टोलीको घोषणा गरेको छ । ब्राजिलले दक्षिण अमेरिकी छनोटमा जुनमा इक्वेडर र पाराग्वेसँग खेल्दैछ ।

मुख्य प्रशिक्षक टिटेले स्पेनिस क्लब रियल म्याड्रिडका तीन खेलाडी (क्यासमिरो, इडर मिलिसाओ र भिनि जुनियर) लाई टोलीमा समेटेका छन् । उनीहरुले यो सिजन उच्च प्रदर्शन गरिरहेका छन् । रियलकै मार्सेलो, फिलिपे र रोड्रिगो टोलीमा पर्न असफल हुदाँ फ्रेडले दुई वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गर्दा रेनान लोडीले पनि टोलीमा समेटिएका छन् ।

यस्त भेट्रान डिफेन्डरद्धय ड्यानी आल्भेस र थियागो सिल्भाले पनि टोलीमा पूनरागमन गरेका छन् । ६ महिना अघि भएको छनोटको दोस्रो खेलमा ब्राजिलले भेनेजुएलालाई १–० ले तथा तेस्रो खेलमा उरुग्वेलाई २–० ले पराजित गरेको थियो ।

त्यसपछि मार्चको लागि तय भएको छनोटका दुई खेल स्थगित हुन पुगेको थियो । मार्चमा ब्राजिलले कोलम्विया र अर्जेन्टिनासँग खेल्ने तालिका थियो । दक्षिण अमेरिकी छनोटमा चार खेलमा शतप्रतिशत जित निकालेको ब्राजिल शीर्षस्थानमा रहेको छ । ब्राजिलले ५ जुनमा इक्वेडर तथा ९ जुनमा पाराग्वेसँग खेल्दैछ ।

ब्राजिली टोली

गोलकिपर – एलिसन बेकर (लिभरपुल), इडर्सन मोराएस (म्यानचेस्टर सिटी) र वेभर्टन (पाल्मेइरस)

डिफेन्डर – ड्यानी आल्भेस (साओ पाउलो), डानिलो (युभेन्टस), एलेक्स सान्द्रो (युभेन्टस), रेनान लोडी (एट्लेटिको म्याड्रिड), थियागो सिल्भा (चेल्सी), इडर मिलिसाओ (रियल म्याड्रिड), मार्किन्हस (पीएसजी) र भेरिससिमो (बेन्फिका)

मिडफिल्डर – क्यासमिरो (रियल म्यड्रिड), फ्रेड (म्यानचेस्टर युनाइटेड), फाविन्हो (लिभरपुल), पाक्वेटा (लियोन), डुग्लस लुइज (एस्टन भिल्ला) र एभर्टन रिवेइरो (फ्लामेङ्गो)

फरवार्ड – रोबर्टाे फिर्मिनो (लिभरपुल), रिचार्लीसन (एभर्टन), एभर्टन (बेन्फिका), गाब्रियल जेसस (म्यानचेस्टर सिटी), नेयमार (पीएसजी), गाब्रियल बारवोसा (फ्लामेङ्गो) र भिनिसियस जुनियर (रियल म्याड्रिड)

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment