सुन तोलामा ४ सय रुपैयाँले कमी

३० बैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको छ। आज तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

आज तोलामा चार सयले घटेको हो । बुधबार पनि सुनको मूल्य तोलामा तीन सयले घटेको थियो ।

बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १३३५ रहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

covid 19digital khabargold marketLockdownnepalprice decrease
Comments (0)
Add Comment