नेपाल टेलिकमको नाफा ५ अर्ब ८८ करोड माथि

३० बैशाख, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले रू. ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २२ प्रतिशतले कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद नाफा गरेको थियो ।

गत वर्ष रू. ३२ अर्ब २७ करोड २३ लाखभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३१ अर्ब ६७ करोड ३७ लाख ७४ हजार मात्र यो आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी रू. १५ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ८२ अर्ब ९६ करोड ४९ लाख १४ हजार रहेको छ । चुक्तापूँजीमा गत वर्षको तुलनामा कुनै परिवर्तन नभएको कम्पनीको जगेडा कोष रकम पनि करिब ८ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ७६ अर्ब ८४ करोड २१ लाख ८६ हजार थियो ।

कम्पनीको कुल चालू सम्पत्ति रू. ६२ अर्ब ६ करोड २६ लाख र कुल चालू दायित्व रकम रू. ३१ अर्ब ८६ करोड २४ लाख ७४ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ५२ दशमलव ३१ र प्रतिशेयर नेटवर्थ रू. ६५३ दशमलव १० रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

corona nepalcorona viruscovid 19digital khabarLockdownnepal telecomprofit
Comments (0)
Add Comment