महङ्गी बढ्यो, तलब तथा ज्यालामा पनि सुधार

२९ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.१० प्रतिशत रहेको छ । गत आवको सोही महिनामा मुद्रास्फीति ६.७४ प्रतिशत रहेको थियो ।

तर, चालु आर्थिक वर्षको फागुनको तुलनामा चैतमा उपभोक्ता मूल्य वृद्धि केही बढेको छ । फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको थियो ।

चैतमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.७९ प्रतिशत रहेको छ । २०७६ चैतको तुलनामा २०७७ चैतमा घ्यू तथा तेल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र गैर–मदिराजन्य पेय पदार्थ उपसमुहको मुल्यवृद्धि क्रमशः २१.३८ प्रतिशत, १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको छ ।

चालु आवको चैतमा काठमाडौं उपत्यकामा ३.२४ प्रतिशत, तराईमा २.९२ प्रतिशत, पहाडमा ३.३८ प्रतिशत र हिमालमा १.५४ प्रतिशत मुद्रास्फीति रहेको छ ।२०७६ चैतमा यी क्षेत्रहरुमा क्रमशः ७.१९ प्रतिशत, ७.०४ प्रतिशत, ५.८४ प्रतिशत र ४.८३ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ चैतमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१४ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.७७ प्रतिशत रहेको थियो । चैतमा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.४२ प्रतिशत, ५.८४ प्रतिशत र ३.७० प्रतिशत रहेको छ । चैतमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ५.९६ प्रतिशत रहेको छ ।

२०७७ चैतमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.८९ प्रतिशतले बढेको छ । गत आवको सोही महिनामा उक्त सूचकाङ्क ७.४९ प्रतिशतले बढेको थियो । चैत महिनामा ज्यालादर सूचकाङ्क २.४३ प्रतिशतले बढेको छ



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment