पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त

२८ बैशाख, काठमाडाै । पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त छन् । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि केही दिनदेखि सघन उपचार कक्ष (आइसीयू) बाट शय्या सारेर उपचार भइरहेको छ ।

अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वरानीको स्वास्थ्यमा सुधार आएपछि अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको जानकारी दिए ।

उनका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह कोरोना संक्रमणमुक्त भएका छन् । उनीहरू तीनै जनाको पीसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको हो ।

उनीहरू कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालले पूर्वरानीको प्लाज्माथेरापी विधिबाट उपचार थालिएको थियो ।

यस्तै, संक्रमणमुक्त भएपछि पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको अस्पतालले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownGyanendra ShahhealthKathmanduKomal ShahmLockdownMain HeadlinesnepalNewsPolitictechnology
Comments (0)
Add Comment