नेपाल सुपर लिग फाइनलमा स्थान बनाउन काठमाडौं र धनगढी भिड्दै

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलका लागि काठमाडौं र धनगढीबीच खेल आज हुँदैछ । प्ले अफको शीर्ष दुई स्थानमा रहेको दुबै टोलिमध्येको विजेता फाइनलमा स्थान सुनिश्चित गर्नेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि दुबै टोलिले पहिलो प्ले अफ खेल्नेछ । लिगको छ खेलमध्ये चारमा जित हात पारेको काठमाडौं रेजर्स १३ अङ्कसहित शीर्ष स्थानमा छ । धनगढी एफसी भने छ मध्ये तीन खेलमा जित, एक बराबरी र दुईमा हार बेहोरेर दश अङ्कसहित दोस्रो स्थानमा छ ।


दुबै टोलिबीचको विजेता फाइनलमा पुग्नेछ । हार्ने टोलिले अङ्क तालिकाको तेस्रो स्थानमा रहेको ललितपुर र चौथो स्थानको बुटवलबीचको दोस्रो प्ले अफको विजेतासँग फाइनलमा पुग्न स्पर्धा गर्नेछ । उक्त खेल एलिमिनेटर हुनेछ । लिगको फाइनल खेल जेठ १ गते हुनेछ ।

यो पनि पढ्नुहोस:



मल्टिमिडिया ग्यालरी

coronadigital khabarneaplnepali super leaguesports
Comments (0)
Add Comment