झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदै

२८ बैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । कोरोना संक्रमणपश्चात उनी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । खनाल स्वस्थ भई डिस्चार्ज हुन लागेका हुन् ।

यही वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

दुई दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरुको सल्लाहानुसार उनी आज डिस्चार्ज हुन लागेको अस्पतालले जनाएको छ ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. वी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

BudgetbusinessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownDischargeGoldhealthJhalanath KhanalKathmanduLockdownMain HeadlinesnepalNewsPolitictechnology Economic
Comments (0)
Add Comment