२७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

२७ बैशाख, काठमाडौं । सोमवार शेयर बजार १ दशमलव ०५ प्रतिशत बढेर बन्द भएको छ । यो दिन समग्र शेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४१ अंक बढेर २ हजार ६४५ दशमलव ८५ विन्दुमा पुगेको हो ।

२ हजार ६१३ दशमलव १८ विन्दुदेखि खुलेको सोमवारको बजार २ हजार ६०८ दशमलव १८ विन्दुसम्म झरेर उकालो लागेको हो ।

नेप्से परिसूचक बढेपनि कारोबार रकम भने रू. ४ अर्ब २० करोड ३८ लाख ३२ हजारमा खुम्चिएको छ । २१८ कम्पनीको ५१ हजार २३५ पटकको व्यापारमा ७५ करोड ७९ लाख ३ कित्ता शेयर यो दिन खरिद विक्री भएको हो । आइतवार भने रू. ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको थियो ।

सोमवार कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २७ करोड ४ लाख २७ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो दिन कारोबारमा आएका सबै समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९३ प्रतिशत बढेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabarshareshare market
Comments (0)
Add Comment