बेहुला-बेहुलीमा कोरोना संक्रमण

२६ बैशाख, संखुवासभा । जिल्लाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण देखिएको छ। वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको नगरप्रमुख विदुर लिङ्थेपले जानकारी गराए।

विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिन अघि मादी आएका थिए। विवाह र पुराण एकै घरमा भएको थियो । विवाहमा तीन सयभन्दा बढी सहभागी भएकाले अन्य सहभागीलाई सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ ।

गाउँमा नै संक्रमण फैलन सक्ने भन्दै गाउँनै सिल गरी स्वाब संकलनका लागि स्थास्थ्यकर्मी टोली परिचालन गरिएको नगर प्रमुख लिङ्थेपले बताए । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखिएको छ ।जिल्लामा हाल सय बढी कोरोना संक्रमति रहेका छन् ।

यसअघि पनि विवाह भोजभतेरमा सहभागीमा संक्रमण देखिएको थियो । यसले समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने देखाएको छ । संक्रण बढ्दो रुपमा भए पनि विवाह, पुराण, पुजालगायतका धार्मिक कार्यमा भीडभाड निकै बाक्लो देखिने गरेको छ । भीडभाड भएपनि स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लामा संक्रण बढेको हो।

संक्रण बढेसँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार रातिदेखि जेठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० अनुसार जिल्लभर लागू हुने निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabardigitalkhabar.com. LockdownhealthMarriageMedicinenepalNews
Comments (0)
Add Comment