बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडे

२६ बैशाख,एजेन्सी । गएराति भएको स्पेनीस ला लिगामा उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो बराबरीले दुवै टोलीको उपाधि यात्रामा धक्का लाग्दा यसको फाइदा रियल म्याड्रिडलाई पुगेको छ ।

बराबरीपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाको ७५ अंक पुगेको छ । एक खेल कम खेलेको रियल म्याड्रिडको ७४ अंक छ । रियलले सेभियालाई हराउन सके शीर्षस्थानमा उक्लने छ । समान ७७ अंक रहेपनि रियल हेड टु हेडमा शीर्षस्थानमा उक्लनेछ ।

१०औं मिनेटमा लुइस सुआरेजको फ्रिकिकलाई गोलरक्षक टेर स्टेगनले सहजै नियन्त्रणमा लिए । २९औं मिनेटमा फ्रान्की डि योङको पासमा एन्टोइन ग्रिजमनको प्रहार फितलो बन्दा गोलरक्षक जान ओब्लाकले सहजै नियन्त्रणमा लिए ।

३३औं मिनेटमा मार्कोेस लोरेन्टेको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउँदा एट्लेटिको अग्रता लिनबाट चुक्यो । लगत्तै लुइस सुआरेजले मौका पाएपनि सदुपयोग गर्न सकेन । ३७औं मिनेटमा यान्निक कारास्कोको शक्तिशाली प्रहारलाई टेर स्टेगनले बचाउँदै एट्लेटिकोको गोल टारे ।

६२औं मिनेटमा बार्सिलोनाका इलाक्स मोरिवाले सुवर्ण अवसर खेर फाल्दा बार्सिलोना अग्रता लिनबाट चुक्यो । लगत्तै कप्तान लियोनेल मेस्सीको फ्रिकिकलाई जान ओब्लाकले पञ्च गर्दै बचाए ।

७१औं मिनेटमा रोनाल्ड एराउजोले गोल गरेपनि उनी अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । ८५औं मिनेटमा मेस्सी र एन्टोइन ग्रिजमनको समन्वयमा बनेको मुभमा औसमाने डेम्वेलेको फ्रि हेडर बाहिरियो । ९०औं मिनेटमा पेनाल्टी बक्सको ठीक बाहिर मेस्सीको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा बार्सिलोना जितबाट वञ्चित बन्यो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabarfootballlaligaSpanishsports
Comments (0)
Add Comment