अजोड इन्स्योरेन्सको खुद नाफा करिब ७४ प्रतिशतले बढ्यो

२६ बैशाख, काठमाडौं ।अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष ७७/ ७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत वर्षको यहि अवधिमा कम्पनीले ६० करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चैत मसान्तसम्ममा ६ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले तीन करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो ।खुद बीमा शुल्क आर्जन सँगै कम्पनीको मुनाफा पनि ७३.८७ प्रतिशतले बढेको छ ।

मुनाफामा सुधार सँगै कम्पनीको जगेडा कोष १२६ प्रतिशतले बढेको छ । कम्पनीको जगेडा कोषमा ७ करोड ५५ लाख रुपैयाँ जम्मा भएको छ । चुक्ता पूँजी पनि ७० करोड रुपैयाँबाट एक अर्ब रुपैयाँ पुगेको छ । त्यस्तो बीमा कोष ९३ प्रतिशतले बढेर ९ करोड २९ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ ।

खुद बीमा शुल्क आर्जन भने ६१ प्रतिशतले बढेर २९ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ । यसै अवधिमा कम्पनीले पुनर्बीमा कमिसन बापत १३ करोड ४९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अभिकर्त कमिसन पनि तीन करोड १० लाख खर्च भएको छ । कम्पनीले जारी गरेको पोलिसी संख्या ४९ प्रतिशतले बढेको छ ।

यसै अवधिमा कम्पनीले एक लाख ५ हजार वटा पोलिसी जारी गरेको छ । ३० करोड रुपैयाँले चुक्ता पूँजी बढ्दा पनि प्रतिशेयर आम्दानी २ रुपैयाँले बढेर ८ रुपैयाँ थियो । नेटवर्थ ११७ रुपैयाँ छ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

ajod insurancebusinessbusiness in insurancedigital khabarnepalprofitprofit increase
Comments (0)
Add Comment