भोलिबाट काभ्रेमा पनि एक साता निषेधाज्ञा

१८ बैशाख, काठमाडौं । काभ्रेमा पनि एक साता निषेधाज्ञा जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यलय काभ्रेले आज एक सुचना जारी गर्दै आईतबार मध्यरातिबाट एक साता निषेधाज्ञा जारी हुने जनाएको छ । निषेधाज्ञा आईतबार भोेली राति १२ बजेबाट २६ गते राति १२ बजेसम्म लागु हुने सुचनामा जनाइएको छ ।

निषेधाज्ञाको समयमा काभ्रे जिल्लामा पर्ने अरनीको राजमार्ग अन्तर्गत साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको ५०० मिटर दायाँबायाँ सडक संचालन गर्न नपाइने सुचनामा जनाइएको छ ।

त्यस्तैगरी काभ्रेमै पर्ने वीपीराजमार्ग अन्तर्गत पर्ने धुलिखेलदेखि भकुण्डेबेंसी देखि मंगलटारसम्मको सडकको दायाँबायाँ २०० मिटरसम्म सवारी संचालन गर्न निषेध गरिनेछ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिडहुल गर्न पाइने छैन । काठमाडौं उपत्यकासँग प्रत्यक्ष सिमाना जोडिएको काभ्रे कोरोना संक्रमणको हिसाबले संवेदनशिल जिल्ला हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment