नासा सेक्युरिटिजले अनलाइन मार्फत एक दिनमै डिम्याट खाता खोलिदिने

१८ बैशाख, काठमाडौं । नासा सेक्यूरिटीज (स्टक ब्रोकर नम्बर ५८) ले एक दिनमा नै डिम्याट खाता खोलिदिने भएको छ । अनलाइन मार्फत एकै दिनमा डिम्याट खाता खोल्न सकिने व्यवस्था गरिएको नासा सेक्युरिटिजले जनाएको छ ।

कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै घरैमा बसी सुरक्षित भई शेयर बजारमा संलग्न हुनका लागि यस्तो व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ ।

एक दिनमा डिम्याट खाता खोल्नका नासा सेक्युरिटिजको वेबसाइट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिनु पर्नेछ । आवेदन दिएकै दिन लगानीकर्ताले डिम्याट खाता नम्बर पाउने छन् ।

यसरी डिम्याट खाता खोल्दा नागरिकताको प्रतिलिपि सहित आवश्यक कागजात अनलाइनबाट नै बुझाउन सकिने छ । नाबालकको हकमा जन्मदर्ता र अबिभावकको नागरिकता आवश्यक पर्नेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment