निषेधाज्ञा २० जिल्लामा जारी गरियो

१७ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न निषेधाज्ञा जारी गर्ने जिल्लाहरुको संख्या २० पुगेको छ । गृहमन्त्रालयबाट प्राप्त विवरणमा आजसम्म १६ जिल्लामा पूर्ण र चार जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ।

यसरी आदेश जारी गर्ने अन्य जिल्लामा कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान, जाजरकोट र सुनसरी रहेका छन्। त्यसमध्ये पाल्पा र चितवनमा बिहीबार राति १२ बजेबाट र सल्यानमा १९ गते बिहान ६ बजेबाट आदेश कार्यान्वयनमा आउदै छ ।काठमाडौं लगायत अन्य जिल्लामा भने अन्य १२ जिल्लामा भने बिहीबार बिहानैदेखि लागू भएको छ।

यस्तै चार जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । कालिकोट, बाग्लुङ, दार्चुला र बर्दियामा आंशिक आदेश जारी गरिएको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment