कोरोना अपडेट:आज थपिए ४,९२९ नयाँ संक्रमित , कोरोनाबाट ३५ जनाको मृत्यु

१६ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाईरसका कारण२४ घण्टामा थप ४९२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२,५९७ पीसीआर परीक्षण गरेकोमा ४,८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४,९२८ जना संक्रमित भेटिएका हुन् ।

कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३,२४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कूल सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगको छ। हालसम्म नेपालमा ३ लाख १७ हजार ५३० जनामा संक्रमण देखिएको छ।

उपत्यकामा १ हजार ५६१ जना कोरोनाका संक्रमीत

आजमात्रै उपत्यकामा १ हजार ५६१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौंमा सबैभन्दा धेरै ११२७ जना, ललितपुरमा २५२ जना र भक्तपुरमा १८२ जनामा कोभिड १९ बाट संक्रमण पहिचान भएका छन्।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment