निषेधाज्ञा जारी भएका जिल्ला १६ पुगे, सूचीसहित

१६ बैशाख, काठमाडौं । सरकारले देशभित्र नोबल‌ कोरोना भाइरस (कोभिड-१९ ) को दोस्रो लहर फैलन थालेपछि त्यसको विस्तार रोक्नका लागि काठमाडौं उपत्यकासहित देशका १६ जिल्लामा निषेध आदेश जारी गरेको छ ।

गृह मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कास्कीसहित १३ जिल्लामा जिल्लाभर र बागलुङ, कालिकोट र बर्दिया जिल्लामा क्षेत्र तोकेर निषेध आदेश जारी गरिएको छ ।

सञ्चालन हुने सेवाहरू

एम्बुलेन्स, शववाहन, दमकल ।
सुरक्षा निकायका सवारीसाधन ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।
फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।
अनुमति लिएका सवारीसाधन ।
विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।
खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।
सरकारी, बैंक, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।
पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।
खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टिइन, आइसोलेसनलगायतका साधन सञ्चालन गर्न पाइने छ ।

बन्द हुने सेवाहरू

होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र ) ।
लामो तथा छोटो दूरीका सवारीसाधन ।
तोकिएका बाहेक सबै निजी सवारीसाधन ।
अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।

याे पनि हेर्नुहाेस् :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment