लकडाउनमा खाद्य विभागले खाद्यान्नको विक्री गर्दै

१६ बैशाख, काठमाडौं । लकडाउनमा उपत्यकावासीलाई खाद्य बस्तुको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यवस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ ।

उपत्यकावासी उपभोक्ताहरूलाई निषेधाज्ञाको कारण पर्न जाने असुविधालाई ध्यानमा राखी कम्पनीले खाद्यवस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो ।

कम्पनीले आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्न आम उपभोक्ताहरूलाई आवश्यक पर्ने बासमती लगायतका चामल, कर्णालीको सिमी, जुम्ली मार्सी चामल, खाने तेल, घ्यू, स्यानिटाइजर लगायतका लागि बिक्री कक्षहरूको व्यवस्था गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

हाललाई कम्पनीका बिक्री कक्षहरू रामशाहपथको बग्गी खाना, थापाथली, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सूर्य विनायकबाट विभिन्न समयमा विक्री वितरण गर्ने व्यवस्था मिलाएको हो ।

सुबेदीका अनुसार थापाथलीमा बिहान ७ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म विक्री समय तोकिएको छ । त्यस्तै, नख्खुमा बिहान ७ देखि १० बजेसम्म, रामशाहपथको हकमा बिहान ७ देखि ११ बजेसम्म र सूर्य विनायक बिहान ७ देखि ११ बजेसम्म विक्री समय कम्पनीले तोकेको हो ।

उपत्यकावासी उपभोक्ताहरूको दैनिक जीवनलाई अझ बढी सहज बनाउन कम्पनीले आफ्नो अनलाइन पोर्टल नेपाल फुड डट जिवोभि डट एनपी मार्फत चक्रपथ भित्र र सस्तोडिल डट कम मार्फत उपत्यका भरी निःशुल्क रूपमा उपभोक्ताको घर दैलोमा नै डेलिभरी सेवा गरिरहेको सुवेदीले बताइन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment