सेनाले माग्यो १४७ प्राविधिक कर्मचारी

१४ वैशाख, काठमाडौं । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले १४७ जना प्राविधिक कर्मचारीका लागि आवेदन मागेको छ । प्राविधिकतर्फको हवाई, पदिक तथा बिल्लादारका पदहरुका लागि शुक्रबार दरखास्त आह्वान गर्दै सेनाले सूचना निकालेको छ ।

नर्सिङ, कम्प्युटर, डेन्टल, मेडिकल, इलेक्टिकल, प्लम्बर, भेहिकल मेकानिक्स, ग्राउन्ड ह्यान्डलिङ लगायत प्राविधिक पदमा पनि दरखास्त आह्वान गरिएको छ ।

दरखास्त १२ गतेसम्म दिन पाउने सूचनामा उल्लेख छ । त्यसपछिको एक हप्ता दोब्बर दस्तुर तिरेर थप आवेदन भर्न सकिनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment