प्रशान्त तामाङलाई मातृशोक

१५ वैशाख, काठमाडौं । भारतीय चर्चित रियालिटी शो ‘इण्डियन आइडल’का विजेता गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । अभिनेतासमेत रहेका गायक प्रशान्तकी आमा रुपाको कोभिड संक्रमणका कारण निधन भएको हो ।

प्रशान्तको परिवार निकट स्रोतका अनुसार उनको दार्जिलिङकै एक अस्पतालमा मृत्यु भएको हो । आमाको मृत्यु हुँदा प्रशान्तले आमाको मुख पनि हेर्न पाएनन् । उनले आमाको नाममा ‘आमा’को ट्याटुसमेत खोपेका छन् ।

उनले नेपाली फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘निशानी’, ‘अंगालो यो मायाको’मा अभिनय गरिसकेका छन् । उनले पछिल्लो पटक फिल्म ‘परदेशी २’को छायांकन पुरा गरेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment