कोरोना अपडेट:आज थपिए कोरोनाका ३,५५६ कोरोना नयाँ संक्रमित

१३ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जना र ८९३ जनाको एन्टीजेन परीक्षण गर्दा ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

सोमबार थपिएका संक्रमितमध्ये १ हजार ९१२ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना छन् ।

देशभर हालसम्म ३ लाख ३ हजार ५६१ जनामा संक्रमण देखिएको छ। यस्तै, एकैदिन १२ जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। हालसम्म संक्रमणका कारण देशभर ३ हजार १७६ जनाको मृत्यु भइसकेको छ।

हाल देशभर २२ हजार ४३४ सक्रिय कोरोना संक्रमित रहेका छन्।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment