नेपाल अन्तरार्ष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा

१३ बैशाख, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को अन्तर्राष्ट्रिय टी ट्वान्टीको विश्व वरीयतामा १४ औं स्थानमा उक्लेको छ । आईसीसीले आइतबार नयाँ वरीयता जारी गरेको हो ।

मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी शृङ्खला जितेपछि नेपाल १४ औं स्थानमा उक्लेको हो । नेपालले स्कटल्याण्डलाई उछिनेको हो । स्कटल्याण्ड १५ औं स्थानमा चिप्लिएको हो । नेदरल्याण्ड्स भने १७ औं स्थानमा यथावत् छ ।

नयाँ वरीयता बमोजिम नेपालले २८ खेलबाट पाँच हजार ११३ प्वाइन्ट्स र १८३ रेटिंग्स पाएको छ । स्कटल्याण्डको भने १७ खेलबाट तीन हजार ९६ प्वाइन्ट्स र १७९ रेटिंग्स छ ।

मलेसिया भने एक स्थान तल झरेको छ । यसअघि ३१ औं स्थानमा रहेको मलेसिया नयाँ वरीयतामा ३२ औं स्थानमा झरेको हो । मलेसियालाई यूगान्डाले उछिनेको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment