राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्वभन्दा माथि

१३ बैशाख, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यो वर्ष ३ अर्ब २७ करोड ८५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

यो नाफा गत वर्षको यसै अवधिसम्म ३ अर्ब ३ करोड ६२ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ७ दशमलव ७० प्रतिशत बढी हो । हालसम्म सर्वसाधारणमा शेयर जारी नगरेको यस बैंकको वितरण योग्य नाफा ३ अर्ब ४ करोड ३३ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

हाल बैंकको चुक्तापूँजी ९ अर्ब १८ करोड ४८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको जगेडा कोष रकम १७ अर्ब ६३ करोड ७ लाख ४९ हजार रुपैयाँ छ । बैंकले यस वर्ष २५ दशमलव ७१ प्रतिशत बढी रू. २ खर्ब ४० अर्ब ७२ करोड ५४ लाख ९५ हजार निक्षेप संकलन गरेको छ भने ११ प्रतिशत बढी १ खर्ब ६७ अर्ब ५१ करोड ८२ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा ३ दशमलव ६२ रहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

bankdigital khabar
Comments (0)
Add Comment