अक्सिजन प्लान्ट बिग्रिएको भए आफुहरु मर्मत गर्न तयार छौं : महाविर पुन

१० बैशाख, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले अक्सिजन प्लान्ट बिग्रिएको भए आफुहरु मर्मत गर्न तयार रहेको बताएका छन् ।

उनले भारत फैलिएको कोरोनाको दोस्रो लहरमा अक्सिजन नपाएर बिरामी मरिरहेको समाचार आइरहेकाले नेपालमा पनि त्यस्तै हुनसक्ने भन्दै आवश्यक परेको खण्डमा अक्सिजन प्लान्ट ममर्त गर्न आफुहरु तयार रहेको बताए ।

‘नेपालमा अक्सिजन प्लान्टहरुको अवस्था के छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन, ‘कति सम्म अक्सिजनहरु उपलब्ध छन ? यदि बिग्रिएको अबस्थामा अक्सिजन प्लान्टहरु छन् भने आवश्यक परेमा राष्ट्रिय आविष्कार केन्द्र उक्त बिग्रिएका अक्सिजन प्लान्टहरु मर्मत गर्न प्रयास गर्नेछाै ।’

उनले यदि बिग्रिएर बसेका प्लान्ट भएको खण्डमा आफुलाई ९८४१५९२३६१ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment