सलमानको बहुप्रतीक्षित ‘राधे’को ट्रेलर सार्वजनिक

१० बैशाख, मुम्बई । बलिउड ‘दबंग खान’ सलमान अभिनीत चलचित्र ‘राधेः योर द मोस्टवान्टेड भाई’को ट्रेलर सार्वजनिक भएको छ । कोरोनाको दोस्रो लहरका बीच यही मे १३ अर्थात् इदमा चलचित्र रिलिज हुँदै छ ।

यो चलचित्र हाइब्रिड रिलिज हुँदै छ । अर्थात हल र डिजिटल प्लेटफर्ममा एकैसाथ आउँदै छ । भारतमा हाइब्रिड रिलिज हुन लागेको यो पहिलोपटक हो ।

सार्वजनिक ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा सलमान पुनः एकपटक सुपरकप (सुपरहिरो)को रुपमा देखिएका छन् । यसमा अभिनेत्री दीपा पटानी सलमानसँग अनस्क्रिन रोमान्स गर्दै छिन् ।

चलचित्र ‘राधे’ प्रभु देवाले निर्देशन गरेका हुन् । चलचित्रमा ज्याकलिन फर्नानडिसको एउटा आइटम गीत पनि छ ।

याे पनि हेर्नुहाेस् :
सलमान खानकाे ‘राधे’ बैशाख ३० गते रिलिज हुने, पोस्टर लन्च



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment