सुर्खेतमा ८८ जनाको परीक्षण गर्दा ८६ मा कोरोना पुष्टि

०९ बैशाख, सुर्खेत । सुर्खेतमा पछिलो केही दिनयता कोरोना भाइरसको संक्रमित तिव्र देखिएको छ । भारतबाट फर्किएकाहरु गाउँ प्रवेश गरेसँगै संक्रमितको दरमा पनि बृद्धि भएको हो ।

बिहीबार सुर्खेतमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

यसअघि सुर्खेतमा एक सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुर्खेतमा हाल दुई सय ६ जनामा कोरोना संक्रमित छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका अस्पतालहरू पनि भरिन थालेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment