रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

०९ बैशाख, काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।

दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

अस्पतालमा अक्सिजन प्लान्टसमेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएकाे छ ।

भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि, भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment