भोलिदेखि पशुपतिमा भक्तजनले पूजा गर्न नपाउने

०९ बैशाख, काठमाडौं । पशुपतिनाथको मन्दिरमा दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले शुक्रबारदेखि लागु हुने गरी अर्को निर्णय नआउन्जेल भक्तजनले पूजा गर्न नपाउने बताए ।

उनले पशुपतिमा मुख्य मन्दिरको पूजाबाहेक अन्य सर्वसाधारणले पूजा गर्न नपाउने जानकारी दिए ।

सरकारले भीडभाड हुने क्षेत्रमा भीड नियन्त्रण गर्न अनुरोध गर्दै आएकाले कोषले पनि पूजामा रोक लगाएको सदस्य सचिव ढकालको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment