ओलीको कारवाहीविरुद्ध नेपाल-खनाल समूहले दायर गरेको रिट सर्वोच्चमा दर्ता

०९ बैशाख, काठमाडौं । एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले गर्न लागेको कारबाहीविरुद्ध बुधबार दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिटको पेशी भने आइतबारका लागि तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी ओलीले कारवाही प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न एमालेका नेता नेपाल र झलनाथ खनाल समूह बुधबार सर्वोच्च अदालत पुगेका थिए। ओलीले गरेको कारबाही प्रक्रिया पार्टी विधान र कानुनविपरित भएको भन्दै उनीहरू सर्वोच्च गएका थिए। निवेदन बुधबार भने दर्ता भएको थिएन।

यसअघि ओलीले मंगलबार नेपाल समूहका २७ जना संघीय संसद र कर्णाली प्रदेशका ५ जना गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। नेकपा एमालेका नेपालसहित केही सांसदले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिइसकेका छन्।

नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई यसअघि पनि स्पष्टीकरण सोधिएकोमा उनीहरुलाई पुन: स्पष्टीकरण सोधिएको हो। उनीहरु चारजनाले ३ दिनभित्र र बाँकीलाई २ दिनभित्र जवाफ पेश गर्न भनिएको छ।

उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment