नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल आइसिसी को विश्व टि–२० वरियतामा

०८ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को विश्व टि–२० वरियतामा परेका छन् ।

आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा ओपनर कुशल भुर्तेलले पहिलोपटक स्थान बनाएका हुन् । नयाँ वरीयताअनुसार कुशल ब्याटिङतर्फ ९३औं स्थानमा छन् ।

कुशलको ३ सय ५९ रेटिङ अंक छ । टि–२० आई त्रिकोणात्मक सिरिजमा डेब्यू गरेका कुशलले लगातार ३ अर्धशतक हानेपछि ब्याटिङको वरीयतामा स्थान बनाउन सफल भएका हुन् ।

राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का भने वरीयतामा खस्किँदै ८३औँ स्थानमा झरेका छन् ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment