पार्टीको बैठक भनेपछि अध्यक्ष मैनालीको यस्तो आपत्ति

०८ बैशाख, नुवाकोट । नेकपा एमालेका नुवाकोटका अध्यक्ष बद्री मैनालीले बिहीबार नुवाकोटमा पार्टीको कुनै कार्यक्रम नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको नाम लिएर बिहीबार भेला तथा बैठक गर्न लागिएको भन्ने अपुष्ट समाचार आएको भन्दै आपत्ति जनाएका छन् ।

उनले त्यो भेला पार्टीको आधिकारिक भेला नभएकाले सहभागी नहुन पनि नेता तथा कार्यत्रर्तालाई आग्रह गरेका छन् । उनीद्धारा प्रकाशित विज्ञप्तीमा पार्टी आफ्नो विधि, विधान, नीति, नियम, नियमावली र निर्देशिकाका आधारमा चल्ने भएकाले त्यो स्मरण गर्न पनि उनले अनुरोध गरेका छन् ।

पार्टीका कुनै पनि कार्यक्रम गर्दा माथिल्लो कमिटीले तल्लो कमिटीलाई सर्कुलर गर्ने पार्टीका पद्धति भएको भन्दै उनले त्यो प्रक्रियाबाहेकका भेला तथा बैठक अवैध भएको पनि स्पष्ट पारेका छन् ।

उनले नेकपा एमालेलाई एक पार्न आफु लागिरहेको जनाएका छन् । उनले पार्टीको हितविपरीत लाग्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एक भर्य अघि बढ्न समेत अनुरोध गरेका छन् । उनले कुनै पनि व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने पनि उल्लेख गरेका छन् ।

नुवाकोटबाट प्रतक्ष्य निर्वाचित प्रदेशसभाका सांसद मैनाली नेकपा एमालेमा विभाजन देखिएपछि मनोनीत भएका केपी शर्मा ओली समूहको तर्फका अध्यक्ष हुन् । पार्टीको नवौं महाधिवेशनबाट नारायणप्रसाद खतिवडा अध्यक्ष चुनिएका थिए । प्रतिनिधिसभाका निर्वाचित सांसद् उनी माधवकुमार नेपाल पक्षसँग आवद्ध छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment