कोरोना अपडेट: आज थपिए कोरोनाका २३५१ नयाँ संक्रमित

०८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ३५१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा भएको ८ हजार ८४४ आरटी-पीसीआर परीक्षणका क्रममा दुई हजार २२० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै ८०३ एन्टिजिन परीक्षणका क्रममा १३१ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुने मध्ये एक हजार ५१ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्। जुन ४४.७ प्रतिशत हो।

जसमध्ये काठमाडौं जिल्लाका मात्र ७८६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुरका १८१ र भक्तपुरका ८४ जना संक्रमित पहिचान भएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment