अवैध लागूऔषध सहित पक्राउ


०८ बैशाख, काठमाडौं । पर्सा, वीरगंज महानगरपालिका-१५ बाईपास सडकबाट १९ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-१३ मुर्ली बस्ने ४४ वर्षीय उमर अन्सारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ना.३८ प ६२२६ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्न क्रममा उक्त मोटरसाइकलको लेगगार्डमा झुण्ड्याइएको झोलाबाट उक्त गाँजा फेला पारी मोटरसाइक चालक अन्सारीलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ स्थित शान्तिबन बस्ने २३ वर्षीय संजय केसीलाई अवैध लागूऔषध करिब १ केजी ९ सय ग्राम गाँजा सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले केसीको कोठा तलासी गर्ने क्रममा जेब्रा झोलामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१ बागमती खोला नजिकबाट करिब ४३ केजी अवैध लागू औषध गाँजा सहित हरिहरपुरगढी गाउँपालिका-१ गुरुजिडाडा बस्ने ३४ वर्षिय आशामान मोक्तान लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई प्लास्टिकमा प्याक गरि मोटरसाइकलमा लिएर जाँदै गरेको अवस्थामा उक्त परिमाणको अवैध लागूऔषध फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment