नेपाल टी ट्वान्टीको विश्व वरीयतामा १५ औं स्थानमा यथावत

०८ बैशाख, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा एक स्थान तल खसेको छ ।

नेदरल्याण्ड्स विरुद्धको पहिलो खेलमा जित हात पारेर एक स्थानमाथि उक्लेको नेपाल आईसीसीको नयाँ वरीयतामा पुनः पुरानै स्थानमा पुगेको छ ।

आईसीसीले मंगलबार जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १५ औं स्थानमा पुगेको छ । यसअघि स्कटल्याण्डलाई उछिनेर नेपाल १४ औं स्थानमा उक्लेको थियो । स्कटल्याण्ड पुनः १४ औं स्थानमा उक्लिदा नेपाल १५ औं स्थानमा पुगेको छ । नयाँ वरीयतामा अन्य राष्ट्रको स्थिति भने यथावत् छ ।

नेपालले पछिल्लो खेलमा नेदरल्याण्ड्ससँग तीन विकेटको हार बेहोरेको थियो । पहिलो खेलमा नेदरल्याण्ड्समाथि नौ विकेटको जित हात पार्दा नेपाल वरीयतामा उक्लेको थियो ।


आईसीसीको टी ट्वान्टी विश्व वरियतामा इंग्ल्याण्ड शीर्षस्थानमा छ । दोस्रो स्थानमा भारत र तेस्रोमा अष्ट्रेलिया छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment