गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढ्यो

०७ बैशाख,काठमाडौं । गरिमा विकास बैंकको नाफा ३६.६३ प्रतिशतले बढेको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ६७ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष चैत मसान्तमा बैंकको नाफा ४९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट १ अर्ब ३५ करोड रुपैयाँ कमाएको छ ।

३ अर्ब ६७ करोड चुक्ता पूँजी रहेको गरिमा विकास बैंकले चैत मसान्तसम्मको नाफाबाट मात्र सेयरधनीलाई बाड्न मिल्ने नाफा ४९ करोड रुपैयाँ गरेको छ ।

५९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेर गरिमा विकास बैंकले ५० अर्ब रुपैयाँ कर्जा दिएको छ । अघिल्लो वर्षको चैत मसान्तमा निक्षेप ४२ अर्ब ४३ करोड थियो भने कर्जा ३४ अर्ब ८६ करोड थियो ।

पूँजीकोष अनुपात ११.६३ प्रतिशत रहेको गरिमा विकास बैंकको खराब कर्जा अनुपात ०.५८ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ८०.२८ प्रतिशत छ भने बेसरेट ८.१६ प्रतिशत छ । स्प्रेडदर ४.८१ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment