मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड पायो आइपीओ निस्कासनको अनुमति

०७ बैशाख, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र आम सर्वसाधारणका लागि उक्त रकम बराबरको १ करोड ५० लाख कित्ता आईपीओ विक्रीको लागि बैशाख ५ गते अनुमति दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको रू. ६० करोड बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ विक्री गर्नेछ भने दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । यो आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । कम्पनीले २०७५ साल पुस ४ गते उल्लेखित कर्मचारीहरुमा आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment