चेन्नईकाे राजस्थानलाई १८९ रनकाे लक्ष्य

०६ बैशाख, काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई रनको १ सय ८९ रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनायो ।

चेन्नईका फाफ डु प्लेसिसले सर्वाधिक ३३ रनको योगदान दिए । उनले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

ड्वेन ब्रावोेले ८ बलमा २ चौका र एक छक्कासहित २० रन रनमा अविजित रहे । दिपक चाहर शून्य रनमा अविजित रहे ।

अम्बाती राइडुले १७ बलमा ३ छक्का सहित २७ रन जोडे । मोईन अली २० बलमा १ चौका र २ छक्का सहित २६ रनको योगदान दिए । सुरेश रैनाले १५ वलमा १ चौका र १ छक्कासहित १८ रन बनाए ।

यस्तै, कप्तान एम एस धोनिले १७ बलमा २ चौकासहित १८ रनको योगदान दिए ।

साम करन १३, रितुराज गायकड १०, रबिन्द्र जडेजा ८ र शर्दुल ठाकुर एक रनमा आउट भए ।

राजस्थानका चेतन साकरियाले तीन विकेट लिए । क्रिस मोरिसले दुई विकेट लिए । यस्तै, मुश्ताफिजुर रहमान र राहुल तेवतियाले १—१ विकेट लिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment