राजेश राज जोशीको स्वरमा ‘उषा को किरण’ सार्वजनिक ( भिडियो )

०६ बैशाख, काठमाडौँ । गायक राजेश राज जोशीको स्वर र संगीतमा रहेको ‘उषा को किरण’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा युवती प्रति प्रेम भाव व्यक्त गरिएको छ। जगदीश आचार्य र गायक जोशीले यस गीतलाई मिलेर लेखेका हुन्। गोपाल रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।

अस्ट्रेलियामा छायांकन गरिएको यस म्युजिक भिडियोमा चन्दन घिमिरे र प्रतिभा महर्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ। किरण मगरले कोरियोग्राफी गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। सुदिप बिस्टको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। हाइलाइट्स नेपालको मार्फत भिडियो सार्वजनिक गरिएको हो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment