चामुण्डा माविलाई गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको उपाधि

०६ बैशाख, काठमाडाैं । डिफेन्डिङ च्याम्पियन चामुण्डा माविले गोकर्णेश्वर नगरस्तरीय अन्तर विद्यालय तेश्रो राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

विभिन्न खेल समावेश प्रतियोगितामा चामुण्डा सर्वाधिक १ सय ५७ अंकसाथ समग्रमा टिम च्याम्पियन बन्दै उपाधि रक्षा ग-यो । दोश्रो भएको इस्टपोल १ सय ५५ अंकसाथ दोश्रो भयो । गत संस्करणमा पनि इस्टपोल दोश्रो भएको थियो । ८४ अंक जोडेको बाल सुधारले तेश्रो स्थानमा चित्त बुझायो ।

अन्तिम दिन शंखडोल कराते एकेडेमी भएको करातेको प्रतिस्पर्धाअन्तर्गत छात्र ४२ केजी र एकल कातामा बाल वाटिकाका विकेश मोक्तान, ४७ केजीमा बाल वाटिकाकै सन्जिव वाइबा तथा ५२ केजीमा सरस्वतीका विकास कार्कीले स्वर्ण जिते । छात्राको ४० केजी र एकल कातामा सरस्वतीकी सुस्मिता वाइबा, ४५ केजीमा जोरपाटी विलिभर्सकी सुनिता चौधरी तथा ५० केजीमा लिटिल बडकी अनिता तामाङले पहिलो स्थान हात पारे ।

गोकर्णेश्वर नगरपाकिलाद्वारा आयोजित प्रतियोगिताअन्तर्गत भलिबलको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधारले उपाधि जिते । कबड्डीको छात्रमा चामुण्डा तथा छात्रामा बाल सुधार उपाधि चुमे ।

विजेतालाई गोकर्णेश्वर नगरपाकिलाका मेयर सन्तोष चालिसेलगायतले सुन्दरीजलस्थित ओख्रेणी माविमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा एथलेटिक्स, उसु, तेक्वान्दो, कराते, भलिबल र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा भएको गोकर्णेश्वर नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद उपशाखाका रामनारायण शाहले जनाएका छन् । विभिन्न २३ विद्यालयका करिब २ सय खेलाडीले सहभागिता जनाएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment