होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने

०६ बैशाख, काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले होटल तथा रेष्टुराँ सञ्चालनका लागि नयाँ नियम लागू गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त समयपछि होम डेलिभरी सेवा मात्रै उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

त्यसका साथै सरकारले राष्ट्रिय राजमार्गमा भएका होटल तथा रेष्टुराँले भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment