बिशेष अदालत काठमाण्डौंमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा

०५ बैशाख, काठामाडाै । प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा काठमाण्डौं जिल्लाको काठमाण्डौं महानगरपालिकास्थित वडा नं ११ बिशेष अदालतमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । काठमाण्डौंस्थित बिशेष अदालतमा स्थापित एक्स्टेन्सन काउण्टरको मिति २०७८ बैशाख ३ गते देखि कारोबार सुरु भएको हो। बिशेष अदालत परिसरमा आज बिहान १०ः०० बजे बिशेष अदालत काठमाण्डौेंका माननिय न्यायाधीश श्री प्रेमराज कार्किज्यू बाट एक समारोहका विच प्रभु बैंक लि. बिशेष अदालत काठमाण्डौं एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिशेष अदालत काठमाण्डौंमा पनि आफ्नाे सेवा विस्तार गर्न सफल भएको छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित बिशेष अदालतमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र बिशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा ATM, ५९ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment