प्रमले बोलाउनुभयो शनिबार सर्वदलीय बैठकः कोरोना र हिउँदे अधिवेशनबारे छलफल

०३ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक डाकेका छन् । शनिबार बिहान ११ बजेको लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ। समसायमयिक राजनीतिक घटनाक्रम, कोभिड महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो।

पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस (कोभिड -१९) तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ। सरकारले १४ जिल्लालाई कोरोनाका अति प्रभावित जिल्ला घोषित गरेको छ।

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म चालेका कदम र तिनको प्रभावकारिताबारे पनि प्रश्न उठ्न थालेको छ।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओलीले दलहरुबीच सहमति जुटाएर राष्ट्रिय संकटको सामना गर्न सहज हुने भन्दै सर्वदलीय बैठक आव्हान गर्नुभएको बुझिएको छ । अहिले संसदमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दल छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment