अनेसास पोर्चुगलले गर्यो नयाँ बर्ष शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम

याेगेन्द्र खरेल

०१ बैशाख, लिस्वाेन पाेर्चुगल ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले नयाँ बर्ष २०७८को अवसरमा शुभकामना आदान प्रदान तथा रचना वाचन कार्यक्रम गरेको छ ।

भर्चुअल माध्यमबाट गरिएको कार्यक्रममा नेपाल, भारत, बेलायत, अस्ट्रीया, बेल्जियम, पोर्चुगल लयायत बिभिन्न देशहरूबाट साहित्यिक सर्जकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष केजिन राई, सल्लाहकार अर्जुन घिमिरे अध्यक्ष स्पन्दन बिनोद , उपाध्यक्ष शवी श्रेष्ठ, महासचिब अर्जुन बाराहाली , सचिवद्वय शान्ती अर्याल अधिकारी र शम्भु सिलवाल, कोषाध्यक्ष बिजय गुरूङ ,सदस्यहरु अरूण भेटवाल, हरिशरण परियार ,यादव देवकोटा सरिता थापा, त्यस्तै गरी निर्मला ढकाल , मोहन आचार्य जलद, निता गुरुङ, उर्मिला पन्त, शुभद्रा भण्डारी, छत्रपति दहाल, ईन्दिरा चाम्लिङ लगायतले आ आफ्नो श्रृजना वाचन तथा शुभकामना आदानप्रदान गर्नु भएको भयो ।

नेपाली भाषा र साहित्यको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ अनेसास पोर्चुगलले निरन्तर बिभिन्न किसिमका साहित्यिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको पत्रकार शान्ति अर्याल अधिकारिले बताउनु भएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment