बिस्केट जात्रामा ५५ हाते लिंगो उठाउन सकिएन

०१ बैशाख, काठमाडौं । यस पटक रातभरको निरन्तर प्रयासपछि पनि भक्तपुरको भेलुखेलमा ५५ हात लामो लिंगो उठाउन असफल भएको छ। मंगलबार साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो राति १२ बजेसम्मको अनवतर प्रयासपछि पनि उठाउन सकिएन। भक्तपुरको भेलुखेलमा उठाउन खोजिएको ५५ हात लामो लिंगो उठाउन सकिएको छैन । रातभर लिंगो उठाउन प्रयास गरिए पनि लिंगो ठड्याउन नसकिएको जनाइएको छ ।

स्थानीय प्रेमलाल शिल्पकारका अनुसार मंगलबार राति लिंगो आधा उठाइएको थियो । उनले सयौँ युवाले राति १२ बजेसम्म उठाउन प्रयास गरेको जानकारी दिए । ‘‘राति अबेरसम्म आधा उठेको लिंगो आधा उठाउँदै ढल्यो । तोकिएको समयमै उठाउन नसकिएको लिंगो धेरै वर्षपछि हो,” शिल्पकारले भने, ‘‘प्रत्येक वर्षको अन्तिम दिन उठाइसक्नुपर्ने लिंगो आजसम्म उठ्न सकेको छैन ।”

मंगलबार उठाउन नसकिएको लिंगो आज बेलुकी उठाइने भक्तपुर नगरपालिकाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment