पूर्वराजा शाहद्वारा नयाँ वर्षको शुभकामना व्यक्त, ‘मेची महाकाली–देश बचाउने हाम्रो पाली´

०१ बैशाख, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्ने बताउनुभएको छ । पूर्व राजा शाहले मंगलबार (आज) साँझ नयाँ वर्ष २०७८ को शुभकामना दिदै आपसी भाँडभैले अनमेल र द्वन्द्धको अन्त्य हुनुपर्ने बताउनुभएको हो ।

पूर्वराजा शाहद्वारा जारी शुभकमनामा भनिएको छ, ‘हाम्रा पिता पूर्खा तथा त्यागी वीर वीरंगनाहरुले जोगाएका हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ । यसका निम्ति सहमाल, पहाड, तराई सबै नेपाली बिना भेदभाव र बिना संकोच मिलेर जानु छ ।’

त्यस्तै, उहाँले अनावश्यक प्रकृति दोहान, आर्थिक अपचलन एवं वैदेशिक प्रभाव र परनिर्भरता त्याग्दै जानुपर्ने आवश्यकता रहेको पनि बताउनुभएको छ । साथै टाठाबाठा मात्र सुखी सम्पन्न हुदै जाने र अन्य निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्यग्नै पनि उहाँको भनाइ छ ।

‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौं जुटेर । एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ’, उहाँले भन्नुभएको छ, ‘हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला होइन । सबैको एउटै उदेश्य हुनुपर्दछ, एउटै कामना हुनुपर्दछ ।’

देशको उन्नति र अधोगति हाम्रै हातमा भएको उल्लेख गर्दै उहाँले पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु आवश्यक रहेको बताउनुभएको छ ।

हामीले आफ्नो कर्तव्य पूरा गरे मात्र हामी उठ्ने उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘निषेध र प्रतिसोधको चक्रब्यूहबाट बाहिर आउनै पर्छ । मेची महाकाली–देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो–सनातन हाम्रो संस्कार हो । न जाती न भाषा–सबै नेपालीको एउटै आशा ।’

यसै क्रममा उहाँले पहाडका गाउँ–गाउँमा आधुनिकताको लहर विस्तार गर्न, तराईका फाँटहरुलाई झुलाउन र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफूल प्रशोधन बढाउन, जडिबुटी उद्योग खोल्न र देशलाई आफ्नै श्रोतशक्तिबाट धनधान्यपूर्ण पार्न अपील पनि गर्नुभएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment