“मौन”

प्रमोद फुयाल

३१ चैत, काठमाडाै ।

तिमी बोल्दिनौ र त म मौन छु
म बोल्दिन र त तिमी मौन छौ
तिम्रो मौनतामा म मा छाएको सन्न्नाटा
न तिम्ले बुझछौ
मेरो मौनतामा तिमिमा छाएको उदासिनता
न मैले बुझ्छु
यहा मौनता मा एक अर्का बीच वार परेको छ
म त भन्छु मौनता मै यहा दुई प्रेमिल जीवन बीच मौन प्यार परेको छ्।।।

तिम्रो Hi सुन्न चाहने यो मन्ले
तिम्रो Bye सुन्न कहिल्यै चाहेन
तिम्रो Bye सुन्न नचाहने मन्ले
तिमी बाट Hi कहिल्यै पाएन
न तिमी Hi भन्छौ
न म नै Bye भन्न सक्छु
न म Hi भन्छु
न तिमी नाई भन्न सक्छौ
यहाँ Hi पहिले कस्ले भन्ने मै वार परेको छ
म त भन्छु हाई भननै लजाउने दुई लजालु आत्म बीच प्यार परेको छ्।।।

म किन बोल्ने उ बोल्दा हुन्न भन्ने मलाई परेको छ
उ बोलेपो म बोल्नु के मनको कुरा उस्लाई खोल्नु उस्लाई परेको छ
न म बोल्न सक्छु
मनको कुरा खोल्न सक्छु
न उनि बोल्न सक्छिन
मायाका शब्द ओकल्न सक्छिन
यहाँ माया कस्ले ओकल्ने मै वार परेको छ
म त भन्छु माया वर्णन गरनै नजान्ने दुई आज्ञानी आत्म बीच प्यार परेको छ्।।।

मैले उन्लाई लुकेर हेर्दा उनले आफ्नो नजर फेर्दा
मोरी निस्ठुरी रैछे घमन्डकाे सिकार भैछाै मलाई लागेको छ
ऊस्ले नजर जुदाउदा मैले मुन्टाे घुमाउदा
खुबै भाउ बढेछ उस्लाई लागेको छ
न म खुलेर हेर्न सक्छु
न मनै अन्त फेर्न सक्छु
न उनि खुलेर हेर्न सक्छिन
न आफ्नो मनलाई कठोर गरी बेर्न सक्छिन
यहाँ खुलेर कस्ले हेर्न मा वार परेको छ
म त भन्छु आँखा आँखा जुधेरै दुई आत्मको प्यार परेको छ
म त भन्छु गाजलु आँखा मा नसालु भाकामा कसैको याद
गढेको छ्।।।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment