मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बस्दै

३० चैत, काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्री सचिवालय जनकारी दिएको छ ।

केही दिन यता कोेभिड १९ सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीले सो विषयमा छलफल गरिरहेको छ । गत शनिबार बसेको सीसीएमसी बैठकले केही निर्णय गरी मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गरिसकेको छ । सो विषयमा केन्द्रित भएर आज छलफल हुने बताइएको छ ।

बैठकमा मन्त्रालयगत अन्य नियमित एजेण्डाबारे पनि छलफल हुने बालुवाटार स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment