हैदराबादलाई हराउँदै कलकता नाइट राइडर्सकाे विजयी सुरुवात

३० चैत, एजेन्सी । जारी आइएपीएलको तेस्रो खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा कलकता नाइट राइडर्सले सनराइज हैदरावादलाई १० रनले पराजित गरेको हो । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनायो ।
चेन्नइको चेपक स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कलकताले २० ओभरमा ६ विकेट गुमाउँदै १८७ रन बनायो ।

जवाफमा ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर मात्र १७७ रन बनाउन सक्यो । यससँगै हैदराबादले कलकतासँग हारमा ह्याट्रिक पनि गरेको छ । पछिल्लो सिजनमा कलकताले दुई खेलमा हैदरावादलाई हराएको थियो ।

कोलकाताले आफ्नो दोस्रो खेल मंगलबार मुम्बईसँग खेल्ने छ । हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरसँग बुधबार खेल्ने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment