दिल्लीसँग चेन्नेई सुपर किंग्स पराजित

२९ चैत, एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग चेन्नेई सुपर किंग्स पराजित भएको छ ।

शनिबार राति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले हराएको हो । १ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीका लागि शिखर धवनले ८५ रन बनाउँदा अर्का ओपनर पृथ्वी शाले ७२ रनको योगदान गरे ।

ऋषभ पन्त १५ रनमा अविजित रहदाँ मार्कुस स्टोनिसले १४ रनको योगदान दिए । चेन्नेईका सार्दुल ठाकुरले २ तथा डायन ब्राभोले एक विकेट लिए ।

यसअघि, पहिले ब्याटिङ्ग गरेको चेन्नेईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

रैनाको अर्धशतकीय इनिङ्समा साम कुरानले ३४ रनको विस्फोटक पाली खेलेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment