बालबालिकाका लागि दक्षिण एसियाको वायु सफा गर्न तत्काल कदम चाल्न आवश्यक

२५ चैत, काठमाडाै । वायु प्रदूषण बालबालिकाको मृत्युको सबैभन्दा ठूलोमध्ये एक कारण – निमोनिया – र दम, ब्रोङकाइटिस र अन्य श्वासप्रश्वासजन्य संक्रमणसँग सम्बन्धित छ । बालबालिका वायु प्रदूषणको डरलाग्दो अवस्थाबाट कसरी प्रभावित भइरहेका छन् भन्ने कुरा प्रत्यक्ष देख्न सकिन्छ ।

“वायुको गुणस्तर संकटको अवस्थामा छ । एयर फिल्ट्रेसन मास्क प्रयोग गर्दा पनि हानिकारक कुहिरोको गन्ध सुघ्न सकिन्थ्यो । हरेक बस्तीबाट प्रदूषणले भवन, रुख र मानिसहरुलाई ढाकेको देखिन्थ्यो । विद्यालय र कार्यालयहरु बन्द गरिएको थियो वा तिनीहरु खुल्ने समय घटाइएको थियो । जाडो बढ्दै जाँदा, यो अवस्था अझै खराव हुने देखिन्छ ।

“दक्षिण एसियाका ६२ करोड बालबालिकाले दूषित, विषाक्त हावामा सास फेर्ने गर्दछन् । उनीहरुको फोक्सो सानो हुने हुँदा उनीहरुले वयस्कहरुको तुलनामा दोब्बर सास फेर्छन् । उमेरसँगै आउने प्रतिरक्षा प्रणालीको अभावले गर्दा बालबालिकाले उनीहरुको बिग्रदो स्वास्थ्य र स्नायू प्रणालीमा असरको प्रभाव खेप्नुपरेको छ ।

“वायु प्रदूषण बालबालिकाको मृत्युको सबैभन्दा ठूलोमध्ये एक कारण – निमोनिया र दम, ब्रोङकाइटिस र अन्य श्वासप्रश्वासजन्य संक्रमणसँग सम्वन्धित छ । वायु प्रदूषणले मस्तिष्कको तन्तुमा क्षति पुर्‍याउँछ र शिशु तथा बालबालिकामा हुने संज्ञानात्मक विकासलाई कमजोर बनाउँछ । यसको असर उनीहरुको सिकाइ उपलब्धी मात्र नभई उनीहरुको भावी सम्भावनामा पर्न सक्छ । अत्याधिक वायु प्रदूषण भोगेका किशोरकिशोरीले मानसिक स्वास्थ्य समस्या भोग्ने सम्भावना धेरै भएका प्रमाणहरु पनि छन् ।

“बालबालिकाको मस्तिष्क विकास र स्वास्थ्यमा विषाक्तता समाजको लागि पनि विषाक्त हुन्छ जसलाई कुनै पनि सरकारले वेवास्ता गर्न मिल्दैन । यसको असर टाढा टाढासम्म पनि लहरिदैं जान्छ । जव बालबालिका विरामी हुन्छन्, उनीहरुले प्रायः विद्यालय छुटाउँछन् । वायु एकदमै विषाक्त हुने अति प्रतिकूल अवस्थामा विद्यालयहरु बन्द हुन्छन् । प्रदूषणको मात्रा सेन्सरहरुले मापन गर्न सक्ने भन्दा पनि माथि थियो । यो बालबालिकाका लागि सुरक्षित मानिने मात्राभन्दा कैयौं गुणा धेरै हो । यसले उनीहरुको स्वास्थ्य र विकासमा गम्भीर जोखिम राख्दछ ।

“बालबालिकालाई हेरचाह र उपचार गर्नु पर्दा स्वास्थ्यको खर्च बढ्न सक्छ । आमावुवा उनीहरुको बालबालिकाको हेरचाहका लागि घरमा बस्नुपर्ने समेत हुन सक्छ । यसले गर्दा दैनिक आम्दानी नहुने र जीवनको गुणस्तर घट्ने हुन सक्छ । वायु प्रदूषणले बालबालिकामा पार्ने असर वयस्क हुँदा पनि अनुभव गर्न सकिन्छ ।

“युनिसेफले यो वायु गुणस्तरको संकटलाई सम्बोधन गर्न जरुरी कदम चाल्न आव्हान गरेको छ । दक्षिण एसिया र संसारभरका सरकारहरुलाई जैविक ऊर्जा दहनको सट्टा सफा, नवीकरणीय ऊर्जामा लगानी गर्न, सफा सार्वजनिक यातायातमा पहुँच उपलब्ध गराउन, शहरी क्षेत्रमा हरित क्षेत्रहरु बढाउन, कृषिको शैली परिवर्तन गर्न र हानिकारक रसायनको खुला दहन रोक्नका लागि उपयुक्त फोहोरमैला व्यवस्थापन विकल्प उपलब्ध गराउन जरुरी पहल गर्नुपर्छ ।

“बालबालिकाको सफा वातावरणमा बाँच्ने र सफा हावामा श्वास फेर्न पाउने अधिकार छ । हामीले अहिले नै कदम चाल्नुपर्छ ।”

वायु प्रदूषणले मस्तिष्कको तन्तुमा क्षति पुर्‍याउँछ र शिशु तथा बालबालिकामा हुने संज्ञानात्मक विकासलाई कमजोर बनाउँछ । यसको असर उनीहरूको सिकाइ उपलब्धीमा मात्र नभई उनीहरूको भावी सम्भावनामा पर्न सक्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment