कोरोनाले सर्यो मनसँग मन

२४ चैत, काठमाडौं । सौरभ इन्टरटेनमेन्ट र बालाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिती सरेको छ ।

कोरोनाको घटना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्न आग्रह गरिसकेको छ । सरकारले हलमा लागू गरेको ५० प्रतिशत अकुपेन्सी पनि हटाएको छैन । यसैले, चैत्र २७ गतेलाई तोकिएको फिल्मको प्रदर्शन मिति स्थगित गरिएको निर्माण पक्षले बताएको छ ।

फिल्मको प्रदर्शन मिति पछि सारिएतापनि यसको फस्टलुक भने सार्वजनिक गरिएको छ । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरु अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ ।

फिल्ममा बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि अभिनय छ । फिल्मको एक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

फिल्ममा कैलाश राइको निर्देशन, अरुण तामाङको लगानी छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment